काठमाडौं, माघ २८/ सन्तोष बजगाई
सिन्धुली / श्रीकृष्ण प्रणामी मन्दिर सुनकाेशी-३, झाँगाझुली,कालिमाटीकाे बार्षिकाेत्सव कार्यक्रम यहि फागुन ३ देखि ९ गतेसम्म १०८ ब्रम्हवाणी तारतम सागर पाठ पारायण सहित हुन गइरहेकाे छ। माघ २७ गते पत्रकार सम्मेलन मार्फत आयाेजकले साे कुराकाे जानाकारी गराएकाे हाे ।

तुलसावाई माताले धर्म रक्षाका लागि मृत्यूवरण राेजे पश्चात राणाबाट मुक्ति पाई माईतिले दिएकाे ९ आना जग्गामा बि.सं. १९७२ फागुन ३ गते स्थापित १०८ बर्ष पुरानाे यस मन्दिर विकट भेगकाे ऐतिहासिक हिन्दु धार्मिक धराेहरकाे रुपमा रहेकाे छ । १०८ कलश यात्रा सहित उद्घाटन हुने उक्त कार्यक्रममा श्री ५ नवतनपुरीधामकाे गाधिपतिकाे आशिर्वचन, विभिन्न पिठ पिठाधिसबाट आउनुहुने गुरु सन्त पण्डित प्रचारक गायक कलाकारबाट कथा साथै सुमधुर भजन प्रस्तुत हुनेछन् ।
कार्यक्रम अबधिमा मञ्चकाे नियमित कार्यक्रम, मेहेरसागर पाठ,नित्य सवालाख तारतम मन्त्र जप, श्रीमद् भागवत कृष्णकथा, दैनिक विशेष १०८ आरती, परिक्रमाका साथै ग्रह शान्ति, चाैरासी पुजन, उपनयन ब्रतबन्ध र धर्म दीक्षा प्रदानकाे कार्यक्रम राखिएकाे जानाकारी गराईएकाे थियाे ।

हाेक्सेका प्रेमदाश गुरुजी मार्फत धर्म दिक्षित तुलसावाई माता सुरतकाे ८ औं गादिपति पिताम्बरदाश महाराज र मंगलधाम कालिम्पाेङका संस्थापक मंगलदाश गुरुजीकाे सानिध्यता र सम्पर्कमा रहेर निरन्तर धर्म रक्षामा लागि पर्नुभएकाे उक्त स्थानमा हाल ५५ घरधुरी प्रणामी धर्म अनुायीहरु रहेका छन् । परब्रम्ह परमात्मा सच्चिदानन्द स्वरुप श्री राजश्यामाकाे भक्ति, स्वासंबेद तारतम सागरकाे अध्यन चिन्तन गरि दिब्य परमधामका युगलश्वरुपलाई ह्दयमा बिराजित गराई शुद्द शाहाकार जीवन शैली अपनाई मध्पान, धुम्रपान र नसालु पदार्थबाट टाढा रहि बसुधैवम् कुटुम्बकम् भावमा पराेपकार पुन्य मान्दै सेवा भावमा जीव प्रकृतिलाई माया गर्नु श्रीकृण्ण प्रणामी धर्मकाे मुल सिद्दान्त रहेकाे छ । समाजका अग्रजकाे त्याग समर्पण र बर्तमान युवामा धर्मकाे महत्व दर्शाउँदै हिन्दु धर्मकाे रक्षा तथा बिभेदकारी समाजकाे अन्त्य, आध्यात्मिक र सामाजिक सेवा अभिबृद्दि सहित मन्दिर पुननिर्माण र नित्य सञ्चालनकालागि अक्षयकाेष स्थापना कार्यक्रमकाे उद्वेश्य रहेकाे छ ।

वडा नं ३ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठकाे प्रमुख आतिथ्यता र कार्यक्रम संयाेजक खिल प्रसाद घिमीरेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा उठेका प्रश्नकाे उत्तर दिदै नि वर्तमान सेवा समिति अध्यक्ष श्याम के सीले आर्थिक पारदर्शिता कयम हुने साथै हिन्दु सनातन धर्मकाे जगेर्नामा सचेत रहेकाे र हर चुनाैति पन्छाउँदै कार्यक्रम सफल पारिने दृढता ब्यक्त गर्नुभयाे । गुरु महाराजकाे ब्यवस्थापन, भाेजन पाण्डाल,सहभागीकाे आवास तथा ब्यवस्थापन पाउपाेष सबैकालागि स्वम् सेवक र निर्माण कामदार खटाईएकाे र द्रुततर काम भईरहेकाे पण्डित पुरुषाेत्म खतिवडाले जानाकारी दिनुभएकाे छ ।

आयाेजकले गाैरवपूर्ण यस कार्यक्रममा सबै सहभागी भई कार्यक्रम सभ्य,भब्य र सफल बनाउन सबैमा अनुराेध गरेकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *