काठमाडौं, माघ २८
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा एउटा पुस्तक विमोचन कार्यक्रम हंगामा भएकाे छ । विमोचनका लागि तयार पुस्तक च्यातियो।

पुस्तक थियो- अग्र अनुहार: कथा अग्रजको, गाथा महासंघको।
कार्यक्रम नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको थियो। समितिले प्रकाशित गरेको सो पुस्तकमा इतिहास मेटाउने प्रयास भएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज)ले कार्यक्रमस्थलमै विरोध प्रदर्शन गर्‍यो।

फोनिज महासंघले इतिहास मेटाउने काम गरेकाले विरोध गरेको जनाएको छ । २००८ वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठ महासंघ (तत्कालीन पत्रकार संघ) को अध्यक्ष भएका थिए। तर महासंघले प्रकाशन गरेको पुस्तकमा त्यसको कुनै पनि चर्चा नरहेका कारण विरोध प्रदर्शन गरेकाे थियाे ।

उक्त कार्यक्रममा आमन्त्रण गरिएको प्रमुख अतिथिमा सभामुख देवराज घिमिरे र विशिष्ट अतिथिमा सञ्चारमन्त्री रेखा शर्मा समेत उपस्थित भएनन् । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *