ललितपुर, माघ २२

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको, कार्यक्रमको अध्यक्षता दबूको शाखाकी अध्यक्ष मन्जु बज्रचाय, विशिष्ट अतिथि ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्य, निवर्तमान अध्यक्ष सुरजबीर बज्राचार्य, सल्लाहकारहरु रहेको छ ।

प्रमुख अतिथि श्रेष्ठले ललितपुर शाखालाई दबूको तर्फबाट आवश्यक सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । यस्तै, विशिष्ट अतिथि निर्मलरत्न शाक्यले वडाबाट नेवा पत्रकारलाई आवश्यक साथ र सहयोग गर्ने बताए ।

सचिव पूर्णिमा शाक्यले प्रगति विवरण र कोषाध्यक्ष कल्पना महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिक साधारणसभामा विश्व क्यान्सर दिवस परेकोले पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी संचेतनामूलक कार्यक्रम गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *