ललितपुर, माघ २१
विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको पाँचौ श्रृङखला सम्पन्न भएकाे छ ।
महाकवि रामनाथ अधिकारी संगीलाई काव्य सम्मान ´, साहित्यकार राजेशमान केसीलाई विज्ञान साहित्य सम्मान ´, साहित्यकार नीरा श्रेष्ठ महर्जनलाई `साहित्य सम्मान पत्र ´ र बुद्धि विकास मण्डल ( पुस्तकालय ) लाई “कदर पत्र ” प्रदान गरियो ।
साथै, स्रष्टाहरु सुजाता अर्याल र रामनाथ अधिकारी संगीलाई सदस्यता प्रमाणपत्र र परिचयपत्र प्रदान गरियो।
प्राज्ञ बाबा बस्नेतले म जान्दिन, सक्दिन जस्ता मानसिकतालाई त्यागेर विचार बलियो बनाइ अघि बढनु पर्छ भनेर भन्नु भयो ।जन्मजात र प्रकृतिले कोही पछाडि हुुदैन्न। राम्रोसँग तर्क बहस गर्नु पर्दछ। गाली गर्नु हुदैन भनेर आफ्नो धारणा राख्नु भयो ।
साहित्यकार मणिराज सिंहले विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाले थोरै समयमा धेरै काम गरेको र अगामी दिनहरूमा थप उर्जाका साथ अगाडि बढ्नुपर्छ भन्ने आफ्नो भनाइ राख्दै कविता वाचन गरेका थिए।
