ललितपुर, माघ २१
विश्व नेपाली साहित्य महासङ्घ ललितपुर जिल्ला शाखाको पाँचौ शृङ्खला सम्पन्न भएकाे छ । साहित्यकारहरूकाे जन्मदिनका साथै साहित्य सम्मान र नयाँ सदस्यहरूलाई पनि सम्मान गरेकाे थियाे ।

प्राज्ञ बाबा बस्नेतकाे प्रमुख अतिथिमा महासङ्घकाे पाँचौ शृङ्खलामा तीन जना साहित्यकारहरूकाे एउटै महिनामा पर्न आएको जन्मदिन मनाइएका थिए । प्रमुख अतिथिले विचारले नै सधै उच्च स्थानमा पुग्ने हुनाले हरेक व्यक्तिको आ- आफ्नै विशिष्ट हुने बताइन् । उनले अरूसँग तुलना गर्न नहुने, समय अनुसार अगाडि बढ्न अनुराेध गरिन् ।
उनले भनिन् – साहित्य, कला र गीतले कहिल्यै एक्लै गर्दैन् र यसले जीवन जिउन आन्नद दिन्छ ।´

यस्तै, कार्यक्रमका सभापति बुुद्विमान महर्जनले यस महासंघले सदस्य काेष खाेल्न लागेकाे र प्रत्येक सदस्य बाट ५०० उठाएर साहित्य उपकार नाम राख्ने बताए । उनले भने -` यस काेषले भविष्यमा आइपर्ने समस्यालाई सहयाेग र संस्था बलियो भएमा पछि किताब निकाल्नमा पनि सदस्यहरूलाई संस्थाले सहयोग पुर्याउन सकिन्छ ।´
साे कार्यक्रममा साहित्यकारहरूकाे मनोवल र हाैसला प्रदानका लागि यस महासंघले पाँचौ शृङ्खला देखि सदस्यहरूको महिनामा जन्मदिन परेमा साहित्यकार जन्मदिन मनाउने सोचले यहि महिनामा पर्न आएको विज्ञान लेखक साहित्यकार राजेशमान केसी, महाकवि रामनाथ अधिकारी, कवयित्री नीरा श्रेष्ठ महर्जन लाई `साहित्य सम्मान´ गरेर जन्मदिन पनि मनाइएको थियो ।
यस कार्यक्रमका विशिष्ट अतिथि ज्याेति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, विश्व नेपाली साहित्य महासंघका महा सचिव सुधा मिश्र, साहित्यकारहरूकाे उपस्थित रहेकाे उक्त कार्यक्रम भव्यता साथ विशर्जन भएको थियो ।

