काठमाडौं, माघ १९
धर्मको प्रमुख बिशेषता मानवताको विकास गर्नु हो । युवा त्यस्तो शक्ति हो समाज विकास र राष्ट्र निर्माणका लागि अपरिहार्य श्रोत हो। २०४७ माघ १८ गते धर्म सस्कृतीको रक्षा गर्दै दुर्व्यसन मुक्त समाजको परिकल्पना गरेर १६-४९ उमेर समूह रहने गरि हालको अवस्थामा ३३ सदस्यीय केन्द्रिय समिति ५ प्रदेश समिति ४९ जिल्ला समिती १० बिदेशी मुलुकमा वैदेशिक समन्वय समिति १९५ प्रारम्भिक समिति ८ केन्द्रिय विभागहरु कृयाशिल रहेका छन। हाल परिषद् मा १५ हजार सदस्यहरु परिषद् मा संगठित छन।

जीवनलाई अरुको सेवामा समर्पण गर्दै सेवा नै धर्म हो भन्ने संदेश समाजमा सेवा प्रवाह गर्ने क्रममा युवा त्यस्तो शक्ति हो समाज विकास र राष्ट्र निर्माणका लागि अपरिहार्य श्रोत हो।२०४७ माघ १८ गते धर्म सस्कृतीको रक्षा गर्दै दुर्व्यसन मुक्त समाजको परिकल्पना गरेर १६-४९ उमेर समूह रहने हालको अवस्थामा ३३ सदस्यीय केन्द्रिय समिति ५ प्रदेश समिति ४९ जिल्ला समिती १० बिदेशी मुलुकमा वैदेशिक समन्वय समिति १९५ प्रारम्भिक समिति ८ केन्द्रिय विभागहरु कृयाशिल रहेका छन। हाल परिषद् मा १५ हजार सदस्यहरु संगठित छन।
जीवनलाई अरुको सेवामा समर्पण गर्दै सेवा नै धर्म हो भन्ने संदेश समाजमा प्रवाह गर्दै श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले आफ्नो ३४ औं स्थापना दिवस बिहिबार मनाएको छ ।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको ३३ औं बर्ष पार गरि ३४ औं बर्ष मा लागेको अबसरमा आयोजित श्री १०८ तारतम सागर ग्रन्थको १८,७५८ चौपाई पाठ पारायण पूरा गरि पुर्णाहुती कार्यक्रम नेपालको केन्द्रिय धाम श्री नवतनधाम काठमाडौंमा यहि माघ १८ गते बिहिवार सम्पन्न भएकाे थियाे ।

उक्त अबसरमा श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त श्री विभुषित जगतगुरु आचार्य श्री कृष्णमणीजी महाराजजीको आशीर्वचन ग्रहण गर्दै श्री नवतनधामका महन्त स्वामी श्री १०८ पुर्षोत्तम महारजजीको सानिध्यतामा सेवासमिती अध्यक्ष श्री श्यामकृष्ण शर्मा नि अध्यक्ष श्री श्याम केसि उप महासचिव भोला दाहाल, श्री बाईजुराज महिला समिति नि अध्यक्ष श्री नवतनधाम कार्यवाहक अध्यक्षले शुभकामना प्रदान गरेकाे थियो ।

एक महिना अघिदेखी श्री १०८ तारतम सागर पाठमा १७ जिल्लाका २२२ जना सुन्दरसाथहरुले १८,७५८ वाणीको चौपाई पाठ गर्नुभएको थियो यस कार्य लाई सहजीकरण गर्न केन्द्रिय सदस्य भिम बगालेको संयोजकत्वमा सन्तोष बजगाई र सचिन्द्र महर्जन समेत ३ सदस्यीय उप समिति गठन गरिएको थियो ।

स्थापना दिवसकै अबसर पारेर २०८० साल माघ १६ देशै भर १७ जिल्लामा एकै साथ रक्तदान कार्यक्रम सम्पन्न गरियो। स्थापना काल देखि नै रक्तदान सेवालाई निरन्तरता दिदै आएकोमा यो बर्ष विभिन्न संचार माध्यमबाट अझै बढी प्रचार प्रसार गरि हजारौंको संख्यामा रक्तदाता उपस्थित गराई मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्याएको श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य एवं दुबै कार्यक्रमका संयोजक श्री भिम बगालेले जानकारि दिनुभयो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *