काठमाडौं, माघ १८

कम्प्युटर एसोसिएसन नेपालले महासंघ (क्यान महासंघ) को आयोजनामा यहि माघ २५ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ –नयाँ प्रविधि लगानी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्जिया गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । 

मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । यस पटक क्यान मेलाको टिकेट इसेवामार्फत काट्‍ने सकिनेछ जसअन्तर्गत सर्वसाधारणका लागि रु.१०० र विद्यार्थीका लागि रू.५० रुपैयाँ शुल्क तोकिएको छ । यसवर्ष क्यान इन्फोटेकमा  नेपालमै विकास गरिएको  जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष रु.दुई करोडको छात्रवृत्ति प्रदान गर्दै आएको छ। यो छात्रवृत्ति यस वर्ष पनि उपलब्ध गराइने र यो क्यान इन्फोटेक २०२४ को पहिलो दिन घोषणा गरिने जनाइएको छ ।

क्यान इन्फोटेक मेलाका लागि हाल सम्म ९० प्रतिशत अथात् १२० भन्दा बढी स्टल बुकिङ भइसकेको आयोजकले जानकारी गराएको छ ।


By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *