काठमाडौं, माघ १२
नेपाल यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपालले सुपर सिक्समा स्थान बनाएको हो । जितसँगै समूह डीबाट तेस्रो स्थानमा रहँदै नेपालले सुपर सिक्समा समूह एका भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणमा नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो । आज दक्षिण अफ्रिकाको इस्ट लन्डनमा अफगननिस्तानले टस जितेर पहिला ब्याटिङ गरेको थियो । अफगननिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । १ सय ४६ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर ४५ ओभरमा पूरा गरेको हो ।
